उद्यमशीलता सम्मेलनको तयारी पूरा ! राष्ट्रपति भण्डारीबाट शुभारम्भ हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २७, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २७,काठमाडौँ । सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ ।

सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले आ–आफ्ना प्रदेशका उद्यम–व्यवसायका सम्भावना र योजना अनि केन्द्रीय अर्थमन्त्रीले देशको अर्थतन्त्र उन्नयनका निम्ति भएका नीतिगत व्यवस्थाबारे सम्मेलनमा जानकारी दिने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनबाट समापन हुने सम्मेलनमा वरिष्ठ सरकारी अधिकारी, नीति निर्माता, कूटनीतिक नियोग, नेपालको विकासका साझेदारलगायत चारसय जनाभन्दा बढीले सभागिता सुनिश्चित भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस