बंगलादेशी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् ।

बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर दुई सय ६० टाका पुगेपछि प्रधानमन्त्री हसिनाले यस्तो कदम चालेकी हुन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा उपलब्ध गराइरहेको छ । बंगलादेशले हाल म्यानमारबाट प्याज आयात गरिरहेको छ ।

यतिवेला भारतको राजधानी दिल्लीमा प्याज सय भारुभन्दा बढीमा कारोबार भइरहेको छ । प्याजको बढ्दो भाउ नियन्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरणमन्त्री रामविलास पासवनले केही दिनअघि एक लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उद्घोष गरेका थिए । नयाँपत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस