चौधरी ग्रुपले ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ५, विराटनगर । चौधरी ग्रुपले विराटनगरमा ७ अर्ब लगानीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ । विराटनगर भएर भारतको जोगबनीबाट रेल आउने भएपछि त्यसको कार्गो व्यवस्थापन गर्ने गरी चौधरी ग्रुपले यूएईको सर्राफ ग्रुपसँग मिलेर ड्राइपोर्ट निर्माण गर्न लागेको हो ।

यसका लागि गत आइतबार बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाकीको सहभागिता लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सीजी लजिस्टिक प्रालि तथा सर्राफ ग्रुपका तर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस