संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १६, मंगलबार (४ महिना अघि)
  • ५५ पटक पढिएको
संगीतको साथ होटल गुञ्जमा नयाँ वर्षको उत्सव

पौष १६, काठमाण्डौँ । बर्दिबास, महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दैछ ।

रमाईलो वातावरण स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।

कार्यक्रमको बारेमा बोल्दै होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भने, “हाम्रा अतिथीहरुको यो नयाँँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरुको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरुको साथ हाम्रा अतिथीहरुको नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।”

यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस