जेठ १, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।
इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएसँगै नेपाली बजारमा पनि समायोजन गरिएको हो । अब काठमाडौँसहित पोखरा र दिपायलमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै पहिलो वर्ग अन्तर्गत पेट्रोल १५४.५० र डिजेल १३९.५० रुपैयाँ मूल्य कायम भएको छ भने दोस्रो वर्ग अन्तर्गत पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँ कायम भएको छ ।