असार २, काठमाडौँ । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार दरबन्दी थप्न लागेको हाे।
कक्षा १ देखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा ४० हजार र कक्षा ११ र १२ मा पढाउन अनुदान कोटामा नियुक्त ५ हजार ९ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको हो।
शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्ययभार पर्नैछ।