असार ३,काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच भएको झडप भएपछि अनेरास्ववियुका सचिव सुदेश पराजुलीले मंगलबार नै सामाजिक सञ्जालमार्फत उपकुलपति कोईरालाको राजीनामा माग गरेका छन् । उनले उपकुलपती कोईरालाले शिक्षालाई व्यापारिकरण गर्न खोजेको आारोप लगाएका छन् ।
विद्यार्थीहरुलाई प्रहरी लगाएर गिरफ्तार गरेको भन्दै उनले नीजि कलेजको प्रमोसनका लागि लोगोवाला टिसर्ट लगाएको आरोप लगाए । उनले प्रश्न गरे, पुलिसको चौघेरा भित्र विश्वविद्यालयको वार्षिकोत्सब समारोह आयोजना गरेर के विश्वविद्यालयको गरिमा उच्च होला ? उनले भनेका छन ।
यस्ता गलत हर्कतको बिरोध गरेको आधारमा विद्यार्थीहरु ,विद्यार्थी नेताहरुलाई पुलिस प्रसाशनबाट गिरफ्तार गर्न लगाउने उपकुलपति कोईरालाको कुर्सिमा कलंकको गम्भीर धब्बा लागेको समेत उनले बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोईरालाले शिक्षालाई व्यापारीकरण गर्न खोजेको भन्दै उनको चर्को आलोचना सुरु भएको छ । मंगलबार दिँउसो भएको झडपमा एक प्रहरीसहित केही विद्यार्थीहरु घाईते भएका छन् । नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भएको झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका हुन्।
स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले कार्यक्रम स्थलमै नाराबाजी र ढुंगामुडा गरेपछि झडप भएको हो ।
काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेसन कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले संयुक्त आन्दोलन गरेका हुन्। प्रहरीले विद्यार्थीको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको थियो।
।