मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोलाई, नेपालकी श्रृङ्खला अन्तिम १२ मा पर्न सफल

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । चीनमा सम्पन्न मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे छ ।

अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् ।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालार्इ उपाधि विजेता घाेषणा गरेका थिए ।

युगाण्डाले मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।

नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस