भ्रष्टाचारीहरु हात जोड्दै मन्दिरमा…

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख ८, आईतबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाडौँ ।

मुक्तक – १

अदालतको फैसला मान्न छोडेर !

हरे राम लेखेको पहेँलो बस्त्र ओडेर !

मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,

रक्षा गर भगवान भन्दै दुई हात जोडेर !!

मुक्तक – २

देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि ।

सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि ।

देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए,

गर्न नदिने / नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि ।।

मुक्तक – ३

सुन गुमाएर नुन पाउनुको के अर्थ ?

राष्ट्रियताको गीत गाउनुको के अर्थ ?

देशको तालाचाबी पराइलाई सुम्पिएर,

दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ??

मुकुन्द कृष्ण थापा

( थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् । )

ताजा अपडेट

खोजी गर्नुहोस