बैशाख ८, काठमाडौँ । साहित्य खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गरी आइतबार छन्द दिवस मनाइँदै छ । दिवसका अवसरमा साहित्य प्रेमीहरुले राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
साहित्य डवलीमा ११ बजेदेखि छन्दयुक्त कविता बाचन गर्ने कार्यक्रम छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा अभियान सुरु गरेका थिए ।
त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो।