सीमाको उपन्यास ‘परी’ बजारमा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । दुई दशक सहकारी आन्दोलनमा बिताएकी सीमा पुरीले आफ्नो पहिलो उपन्यास ‘परी’ बजारमा ल्याएकी छन् । काठमाडौँमा एक कार्यक्रमबीच प्रदेश ३ का प्रदेशसभा सदस्य दोर्जे लामा, साहित्यकार मधुसूदन पाण्डे, समीक्षक रमेश शेभेच्छु, उपन्यासकार सीमा पुरीलगायतले उपन्यासको संयुक्त विमोचन गरे ।

पुस्तकको समीक्षा गर्दै समालोचक रमेश शुभेच्छुले परी एक सचेत नारी उपन्यास भएको बताए । सामाजिक चेनताको दृष्टिले परिस्थिति कमजोर हुँदा पनि सकारात्मक सोचसाथ कथावस्तु अघि बढेको उनको भनाइ छ ।

आमा र छोरीको कथामार्फत सामाजिक चेतना प्रदान गरिएको मधुसूदन पाण्डेले बताए । त्यसैगरी, उनले परी उपन्यासले आमनारीमा आशा र उत्साह जगाउने धारणा राखे ।

लेखक पुरीले जीवन र जगत्लाई आत्मसात गर्दै उपन्यास लेखिएको बताउँदै थपिन्, ‘साहित्यिक यात्रामा अब रचनात्मक ढंगले अघि बढ्नेछु ।’

सूर्य बीसीले सम्पादन गरेको परीलाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो । १२८ पृष्ठको पुस्तकको मूल्य २२५ रुर्पयाँ राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस