प्रा.डा. रोशना अमात्यको आत्मकथा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रा.डा. रोशना अमात्यको आत्मकथा हालै सार्वजनिक भएको छ । ‘चिकित्सा क्षेत्रकी नारी म : सङ्घर्ष र सन्तुष्टिको जीवन’ शीर्षककासाथ प्रकाशित यस आत्मकथामा एउटा एनेस्थेसियोलोजिष्टको हैसियतमा उनले गरेको विशिष्ट कार्यहरूलाई उजागर गरेको छ ।

पचास वर्ष अघि नेपालको चिकित्सा क्षेत्र अभावग्रस्त थियो । त्यस्तो जटिल अवस्थामा पनि त्यसबखतका चिकित्सकहरूले काम गर्दै आएका थिए ।

त्यस्तो अवस्थामा महिला चिकित्सक भएर प्रा.डा. रोशनाले भोगेका दुःख, सङ्घर्ष, करिअरप्रतिको समर्पण, काम र पारिवारिक दायित्वबीचको सन्तुलन तथा उपलब्धिबाट प्राप्त सन्तुष्टिजस्ता जीवनका थुप्रै मोड तथा अनुभवलाई आफ्नो आत्मकथामा प्रस्तुत गरेकी छन् । उनको यो जीवनवृत्त नयाँ पुस्तालाई प्रेरणादायी हुने विश्वास गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस