मनोहरा साहित्य समाजको कवि गोष्ठीमा पाख्रिनको ‘अनुगमन’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । मनोहरा साहित्य समाजले मासिकरुपमा आयोजना गर्दै आएको रचना वाचन कार्यक्रमलाई शनिवार पनि निरन्तरता दिएको छ । समाजको ४३सौं रचना वाचन कार्यक्रममा समीर पाख्रिनको एकाङ्की नाटकहरूको संग्रह ‘अनुगमन’ सार्वजनिक गरियो । कार्यक्रमका अतिथिहरू कथाकार विजय सागर, गोविन्द घिमिरे, गोपाल अश्क र पवन आलोकले सो पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा भावकेशर बराल र गोपाल अश्कले विमोचित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरे । समाजका संयोजक डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजय सागर, गोविन्द घिमिरे, पवन आलोक, शीतल गिरी, समीर पाख्रिनलगायतले बोलेका थिए ।

कार्यक्रमा सम्पत काफ्ले, कृष्ण गौतम, रामकुमार पण्डित, गोपाल नेपाल, दिनानाथ पोखरेल, कर्मसही घर्ती मगर, सीता आस्था ढुँगेल, पुनम घिमिरे, अनुराग अरुण, आश्मा अर्याललगायतले कविता वाचन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस