लघु उपन्यासबारे परिचर्चा कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान र लघु कथा समाज नेपालद्वारा आयोजित लघु उपन्यास र लघु कथामा अन्तरसम्बन्ध विषयक विशेष गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम मैत्री सेवा आश्रम लप्सिफेदीको प्रेक्षालयमा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अथिति प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्याय थिए भने अशेष मल्ल, माया ठकुरीलगायतका अथितिले गाेष्ठीमा अाफ्नाे मन्तव्य राखेका थिए । कार्यक्रममा समालोचक लक्ष्मण प्रसाद गौतमले सोही विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा २३ जना कथाकारले लघु कथा वाचन गरेका थिए । मैत्री सेवा आश्रमका अध्यक्ष मित्रसेन दाहालको संयोजकमा कार्यक्रम सप्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस