‘अक्षरहरूको सगरमाथा’ यूएईमा विमोचन हुँदै

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । यूएईमा सक्रिय साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपालले बजारमा ल्याउन लागेको दोस्रो कृति संयुक्त गजल सङ्ग्रह ‘अक्षरहरूको सगरमाथा’ को विमोचन शुक्रबार गरिँदै छ । अक्षरहरूको आवाज सिर्जना वाचन डबली यूएईको आयोजनामा स्रष्टा भेटघाट तथा सिर्जना वाचन श्रृङखला १७ को एक भव्य कार्यक्रमका बीच यही २१ जुनमा नसा दोहोरी क्लब (रेन्ट्री रोला होटल) वर दुबई , यूएईमा चर्चित रेडियोकर्मी अच्युत घिमिरे बुलबुलको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको हो ।

‘अक्षरहरूको सगरमाथा’ ए.डी.बी. पब्लिकेशनको प्रकाशनमा बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको १०५ उत्कृष्ट गजलहरूको सङ्ग्रह हो । सङ्ग्रहको सम्पादन द्वय शाश्वत ढुङ्गाना ‘गोविन्द’ र खगेन्द्र न्यौपाने ‘समरस’ले गरेका छन् ।

यसको आवरण चित्र सौगात अधिकारीले तयार गर्नुभएको हो भने आवरण डिजाइन मनोज केसीूसमयू ले गरेका छन् ।

पुस्तकमा सगरमाथा साहित्य प्रतिष्ठानको चिनारी संस्थाका संरक्षक विवेक दुलाल क्षत्रीले प्रस्तुत गर्नुभएको छ भने समीक्षा संस्थाका सल्लाहकार गजलकार टक गुरुङले गरेका छन् । साथमा सङ्ग्रह प्रकाशनार्थ संस्थाको क्रियाशील समितिबाट कृष्ण विश्वकर्मा, समर चेम्जोङ ‘आभासू’ अमन एकल, डिएल घिमिरे, सेल्कर पाख्रिन तामाङ, दूरबस्तिको शिशिर, राजेशराज गड्तौला , चन्द्र सम्बाहाम्फे लगायतको विशेष भूमिका रहेको छ ।

हाल अध्यक्ष कृष्ण विश्वकर्मा रहेकाे यस सगरमाथा साहित्य प्रतिष्ठान नेपालले २०७१ जेष्ठमा ूप्रवासका फूलहरूू संयुक्त कविता सङ्ग्रह प्रकाशित गरिसकेको छ । साथै गत वर्ष मोती जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न गरिसकेको छ र सोही प्रतियोगिताका विजयी गजलकारहरूका ५ गजल सहित अन्य ख्यातिप्राप्त १०० गजलकारहरूका उत्कृष्ट गजलहरू समेटेर तयार पारिएको एक सङ्ग्रह हो ‘अक्षरहरूको सगरमाथा’ ।

सोही कार्यक्रमका बीच अन्य सङ्ग्रहहरू डिल्लीप्रसाद आचार्यको स्मृति सङ्गालो ूझझल्काहरूू, उत्कृष्ट १७ कविका संयुुक्त कविताकृति ‘अनुहारको भीड’ तथा मीनराज बाँस्तोलाको बहुचर्चित उपन्यास ‘पिपिरी’ को समेत लोकार्पण हुने छ । साथमा अच्युत घिमिरे बुलबुलको विशेष प्रस्तुतिसँगै सिर्जना वाचन डवलीको नियमित कार्यक्रम रचना वाचन तथा श्रवण रहनेछ । जसको संयोजन गजलकार जे. सागरले गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस