पूर्वप्रशासक आचार्यको ‘नेपालमा उदारवाद’ पुस्तक सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ श्रावण ६, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । पूर्वमहालेखा परीक्षक एवं पूर्वअर्थसचिव भानुप्रसाद आचार्यले लेखेको ‘नेपालमा उदारवाद, प्रयोग र परिणाम’ नामक पुस्तक सार्वजनिक भएको छ।

पुस्तकमा नेपालमा २०४६ को जनआन्दोलनपछि अवलम्बन गरिएको उदार अर्थनीतिले नेपालमा पारेका सकारात्मक तथा नकरात्मक असरहरुका बारेमा विवेचना गरिएको छ।

कर अधिकृतका रुपमा २०३२ सालमा निजामति सेवामा प्रवेश गरेका आचार्य २०६३ सालमा अर्थसचिवबाट निवृत्त भएका थिए । उनी २०७० सालदेखि तीन वर्ष महालेखा परीक्षकसमेत भएका थिए। पूर्वराष्ट्रपति डा. रामवरण यादवले सोमबार प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिक गर्दै यादवले पुस्तकले नेपालको अर्थतन्त्रका बारेमा जानकारी दिन भएकाले कर्मचारीदेखि राजनीतिकर्मीसमेतले अध्ययन गर्नुपर्ने उल्लेख गरे।

ताजा अपडेट

खोजी गर्नुहोस