– अरुणबहादुर खत्री “नदी”
मेरो घरमा दुइटा कोठा खाली भएपछि एकजना बुढी आइमाई कोठा हेर्न आइन् । बुढी आइमाईलाई मैले खाली कोठा देखाए । ‘भाडा कति नि भनिन् । ‘दुइटा कोठाको भाडा सातहजार मात्रै मैले भने ।
‘छहजारमा दिनु नि म बस्छु उनले भनिन् । ‘खाली हुनुभन्दा अगाडि बसेकाहरुले सातहजार तिरेर बसेका थिएँ घटाउन त मिल्दैन’ मैले भने । ‘अरुलाई नदिनु होला नि म बेलुका मेरो छोराबुहारीलाई यो खाली कोठा देखाउन ल्याउछु’ उनले भनिन् ।
कोठामा बस्ने मान्छे आए भने दिनै प¥यो तपाईले यि दुईटा कोठाको लागि एडभान्स छाडेर जानु भयो भने मैले अरुलाई दिन्न एडभान्स दिएर जानु भएन भने दिन्छु’ मैले भने । बुढी आइमाईले थैलीबाट निकालेर दुईहजार रुपैँया एडभान्स दिएर गइन् ।
बुढी आइमाई जानेबित्तिकै दुईथरी मान्छे ‘तपाईको घरमा खाली कोठा छ रे हो ?’ भन्दै हेर्न आए । ‘कोठा खाली त थियो अघि भर्खरै एकजना बुढी आइमाईले एडभान्स दिएर गइन्’ मैले भने । बेलुका बुढी आइमाईको छोराबुहारी खाली कोठा हेर्न आइपुगे ।
छोराबुहारीले कोठा हेरे । कोठा हेरेपछि ‘तपाईको घरमा खाली भएको कोठा हामीलाई भने अनुसारको राम्रो रहेनछ’ छोराबुहारीले भने । तपाईहरुलाई भने अनुसारको कोठा पाउन त तपाईहरुले आफैंले घर बनाउनुपर्छ नि मैले भने ।
दुईदिनपछि बेलुकीपख बुढी आइमाई र बुहारी आएर ‘तपाईको घरमा खाली भएको कोठा हामीलाई मन परेन एडभान्स फिर्ता लिन आएका हौ हामी भने । ‘एडभान्स फिर्ता दिन मिल्दैन तपाईको एडभान्स फिर्ता दिए भने त मलाई नोक्सान भइहाल्छ नि मैले भने । ‘दुई दिनको भाडा कटाएर भएपनि पैसा फिर्ता दिनुहोला नि’ बुढी आइमाईले भनिन् । मैले दुईदिनको भाडा साढे चारसय कटाएर सोह्रसय पचास रुपैँया बुढी आइमाईलाई फिर्ता दिए ।
त्यसपछि खाली भएको कोठामा एडभान्स दिएर गएकी बुढी आइमाई बसिसकेकी छे भनेर कोही पनि कोठा हेर्न आएनन् एक हप्ता सम्म कोठा खाली नै रह्यो । एकहप्तापछि दुईजना पढ्ने विद्यार्थी कोठा हेर्न आए । उनीहरुलाई कोठा मन प¥यो ‘तपाईको घरमा हामी बस्छौं अंकल’ भने । ‘त्यसो भए एडभान्स दिएर जानु होला’ मैले भने । एकहजार जति एडभान्स दिएर गए ।
पर्सीको दिनमा सामान ल्याएर बस्न थाले । अन्त्यमा बुढी आइमाईको मुख हेरेर मैले एडभान्स फिर्ता दिन पुगेछु मलाई नै घाटा भयो नि एकहप्तासम्म कोठा खाली गर्नुपर्दा भनेर चित्त बुझाउन पुगे ।