-राजबाबु श्रेष्ठ (सागर)
पहिले आफू जन्मेको देश
आफूलाई आफ्नै लाग्थ्यो
पहिले आफू हुर्केको प्राङ्गण आफ्नै लाग्थ्यो
भीर-पहरा-पाखा-पर्बत र समृद्धि हिड्ने गोरेटाहरू
सबैसबै आफ्नै लाग्थ्यो
तर अहिले आफ्नै देशबाट देश छुट्टिएदेखि
यो देश कस्को हो कस्को पराईको देशझैँ लागिरहेछ
किनकि म देशको एउटा चिन्तागर्ने मान्छे हुँ ।
मेरो देश परदेश भएदेखि देश दुखिरहेछ
मझेरीहरू रुईरहेछन् / सिकुवाहरू उदासछन्
कर्मघर बिदा गरेको छोरी
भोलि नाति बोकेर माइती आउँदा, माइती होइन
छोरी परको देश आइरहेकी हुन्छे
हिंजो बिदागर्दा छोरी देश रुकुम् थियो
आज फर्कदा छोरी देश पूर्व रुकुम् बनेको छ
किनकि म देशको एउटा चिन्तागर्ने मान्छे हुँ ।
मेरो हिंजो देश, देश हुँदा
देश यस्तो थिदै थिएन, अहँ थिदै थिएन
अहिले एउटा मान्छे तर उसमा दुईटा सभासद देख्छु
हो त झन्डैझन्डै छ करोड् सभासद पो देख्छु
अनि उसमा एउटा मन्त्री पनि स्पष्ट देख्छु
घरीघरी त उसमा प्रधान मन्त्री र राष्ट्रपति पनि देख्छु
केके देख्छु देख्छु अहिले उसमा
त्यो एउटा मान्छेमा सबैसबै चीज पो देख्छु
तर देशभक्त कम् ज्यादा भ्रष्टचारी पो देख्छु
किनकि देश नाङ्लोमा फिजारेर नगरिकतासङ्गै
नेपाल र स्वभिमानी सबैसबै पो बेचेको देख्छु
त्यति मात्रै कहाँ हो र ए हजुर !
गाउँ, शहर, सीमा र वडा नै पो बेचेको देख्छु
किनकि म देशको एउटा चिन्तागर्ने मान्छे हुँ ।
युरेनियम मुस्कुराउने मेरो देश
सभासदको त कुरै नगरूम् भो मन्त्री पनि
चोकचोक/गल्लीगल्ली र भट्टीमै पनि भेट्छु
तर अहँ एउटै देशभक्त देख्दिन, देख्दै देख्दिन
अग्रगामी निर्माणको सपना बाँडे पनि
तर उसमा म त फगत् भत्केको पुल देख्छु
किनकि म देशको एउटा चिन्ता गर्ने मान्छे हुँ
मभित्रको टुँडिखेल चिरेर हेर ए दृष्टिविहीनहरू हो
केवल मभित्र देशभक्तिको बिनाको बास्ना पाउने छौ ।