चार्जिङमा राखेको माइक्रोबस चोरी, एक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १, बिहिबार (६ घण्टा अघि)
  • ६२ पटक पढिएको
चार्जिङमा राखेको माइक्रोबस चोरी, एक पक्राउ

जेठ १, काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी भएको छ । चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी गर्ने स्याङ्जाको बिरुवा गाउँपालिका १ घर भइ बनस्थली बस्ने १९ वर्षका सुदीप थापा छन् । बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रिक माइक्रो बस चोरेर धादिङ पुर्‍याएका उनलाई धादिङ प्रहरीको समन्वयमा समातिएको हो ।

उनलाई चोरीसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस