हिमाली क्षेत्रमा जलवायु असर गहिरो, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (४ घण्टा अघि)
  • ४६ पटक पढिएको
हिमाली क्षेत्रमा जलवायु असर गहिरो, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण

जेठ ३, काठमाडौं । सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन’ विषयक सत्रमा विज्ञहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी असर देखिएको भन्दै क्षतिपूर्तिका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

सगरमाथा संवादमा आज विभिन्न ८ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद भएको थियो । तेस्रो सत्रमा अन्तर्गत १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएकोमा हिजो ४ र आज ८ विषयमा संवाद सम्पन्न भएको सगरमाथा संवाद सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा वक्ताहरूले जलवायु प्रभावसँग जुध्न अनुकूलन कार्यक्रम आवश्यक रहेको, हानिनोक्सानी सम्बन्धी अनुसन्धान स्पष्ट हुनुपर्ने, र कोषमा सहज पहुँचको व्यवस्था गर्नुपर्नेमा जोड दिए । विज्ञहरूले अनुभव आदानप्रदान गर्नुका साथै हिमाली क्षेत्रमा जलवायु प्रभावको गहिरो चित्र प्रस्तुत गरे ।

कार्यक्रममा हानि तथा नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा शेख डिओङले मुख्य वक्तव्य दिए । त्यस्तै इसिमोडका जलवायु तथा वातावरणीय जोखिम वरिष्ठ सल्लाहकार डा अरुणभक्त श्रेष्ठ, भारतको विज्ञान तथा प्रविधि विभागका डा अनिलकुमार गुप्ता, थाइल्याण्डको क्राइसिस ब्यूरो युएनडिपीका कार्यक्रम विशेषज्ञ (विश्वव्यापी) राजेश शर्मा र ब्राजिलको हेनरिक बोल फाउन्डेसनका सामाजिक–वातावरणीय न्याय कार्यक्रमकी संयोजक मौरिन सन्टोसले हिमाली क्षेत्रमा जलवायुले गरेका असर र त्यसको हानिनोक्सानी सम्बन्धमा धारणा राखेका थिए ।

बाढी, डढेलो, हिमनदी पग्लन, तापक्रम वृद्धि र जैविक विविधता क्षतिको जोखिम झेलिरहेका नेपालजस्ता विकासशील मुलुकहरूलाई समयमै सहयोग पुग्न द्रुत र सरल कोष पहुँच आवश्यक भएको बताइएको छ ।

नेपालले हानि र नोक्सानी मुद्दालाई आफ्नो तेस्रो एनडिसीमा समेटेको छ । सत्रले नीति निर्माण, वित्तीय संयन्त्र र स्थानीय अनुभवको समायोजनमा जोड दिनुका साथै स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय दृष्टिकोणहरूलाई एकसाथ ल्याउने उदेश्य राखेको छ ।

यस्तै सगरमाथा संवादको तेस्रो दिन भोलि सहभागी ३५ पाहुनालाई माउन्टेन फ्लाइट गराइने भएको छ । माउन्टेन फ्लाइटमा जानका लागि ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जनाले नाम टिपाएका छन् ।

कार्यक्रमको मुख्य भागको रुपमा रहेको फ्लाइट टु सगरमाथा अन्र्तगत भोलि बिहान ६ बजे पाहुनालाई सगरमाथा लगेर ४५ मिनेट घुमाइने सगरमाथा संवाद सचिवालयले जनाएको छ । सगरमाथामा जलवायु परिवर्तनको असरबारे अवगत गराउन सगरमाथा संवाद अन्र्तगत फ्लाइट टु सगरमाथा कार्यक्रम समावेश गरिएको सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।

उनहरु काठमाडौं फर्किएपछि समापन समारोहको आयोजना गरिने भएको छ । समापन समारोह पौने १२ बजे सुरु भएर सवा १२ बजे सकिने भएको छ । तीनदिन सम्मको छलफलको निष्कर्ष सहित घोषणा पत्र मिडीया बी्रफीङ मार्फत जानकारी दिइने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस