पेरिसडाँडामा ओली–प्रचण्डको पदभार ! जनयुद्ध स्मारकमा माल्यार्पण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ४, शुक्रबार (६ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएर केन्द्रीय कार्यालय प्रवेश गरेका छन् ।
शुक्रबार साँझ अर्का अध्यक्ष प्रचण्ड र हाइकमाण्डका नेताहरुसँगै ओली पेरिसडाँडा पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेर पदभार सम्हालेका हुन् ।

ओलीले पार्टी कार्यालय पुगेर जनयुद्ध स्तम्भमा माल्यार्पण गरी टाउको झुकाउँदा उपस्थित नेता कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । ओलीलाई पेरिसडाँडामा पूर्व माओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस