संसदमा सक्रिय हुँदै कांग्रेस : संसद् अवरोधको तयारीमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ १२, मंगलबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

कांग्रेसले सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो ।

कांग्रेसबाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन् । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै पनि दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस