वामपन्थी नेता तुलाधरको अन्त्येष्टि : उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १९,काठमाडौँ । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

तुलाधरको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो । तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी थिए ।

विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस