न्याय सम्पादनमा विशेष ध्यान दिन प्रधानन्याधीश शर्माको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, जुम्ला । प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले जुम्लामा रहेको सुर्खेत–जु्म्ला उच्च अदालत निरीक्षण गरेका छन ।

प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालत काठमाडौंका प्रमुख रजिष्ट्रार राजनप्रसाद भट्टराईलगायतको टोलीले सुर्खेत–जुम्ला उच्च अदालतको निरीक्षण गरेको हो ।

प्रधानन्याधीश मिश्रले सुर्खेत–जुम्ला उच्च अदालतको बर्से्नि गरिने नियमिति निरीक्षण गर्नुभएको सुर्खेत–जुम्ला उच्च अदालतका मुख्य न्यायधीश तेजबहादुुर कार्कीले जानकारी दिए ।

प्रधानन्यायाधीश मिश्रले निरीक्षणको क्रममा आन्तरिक रुपमा भइरहेका कामहरुको बारेमा जानकारी समेत लिएका छन । यसैगरी अदालतमा मुद्धा व्यवस्थापनको प्रक्रिया, छिटो छरितो सेवा प्रवाहको बारेमा जोड दिइएको मुख्य न्यायधीश कार्कीले बताए । यसैगरी अदालतमा प्रभावकारी र छिटो सजिलो न्याय सम्पादनमा विशेष ध्यान दिन प्रधानन्याधीश शर्माले निर्देशन दिएका छन ।

सुर्खेत–जुम्ला अदालतले भने भइरहेका कामहरु तथा सेवा प्रवाहको विषयामा जानकारी गरेको थियो । टोलीले अदालतको नवनिर्मित भवन, उच्च सरकारी वकील कार्यालयको समेत निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरमा प्रधानन्यायाधीश मिश्र, प्रमुख रजिष्ट्रार भट्टराईसहितको टोलीले मुगुको राराताल भ्रमणमा समेत गएको थियो । प्रधानन्याधीश मिश्रसहित न्यायलयको टोली मुगु, जुम्ला, सुर्खेत हुँदै काठमाडौं फर्किएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस