‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १६, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

मंसिर १६, सुर्खेत । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा प्रदर्शन गरेको छ।

हत्या भएको चार महिनासम्म पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको दावी गर्दै नेकपाका कार्यकर्ताहरुले आइतबार वीरेन्द्रनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली नेताचोक, बुद्धपथ, लक्ष्मी चलचित्र हल, हटिया, गोदामलाइन हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा दलित जनजाति विभाग प्रमुख धनबहादुर नेपालीले निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरे। उनले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप पनि लगाए।

ताजा अपडेट

खोजी गर्नुहोस