पुस २८,ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रलोभनमा पारेर धर्म परिर्वतन गर्ने क्रम जारी रहे मुलकमा धार्मिक युद्व हुने खतरा औल्याएका छन् ।
ललितपुरमा आयोजित सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षता आन्दोलनको माग नभएको तर, राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको दाबी गरे ।
नेपालीहरुको एकताको आधार सनातन धर्म भएको भन्दै भन्दै हिन्दु राष्ट्र पुनःस्थापना गराएरै छोडने बताए ।