आफन्तलाई काम नदिएको भन्दै मन्त्रीले हाने सचिवलाई झापड !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २९, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २९, जनकपुर । जनकपुर– प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेका छन् ।

मन्त्रालयमा कुराकानी गर्न उपस्थित भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले झापड हानेका हुन् ।

सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रीको कार्यकक्षमै उपस्थित थिए ।

गरीबी निवारण कोषको कार्यक्रम आफन्तलाई नदिएको भन्दै मन्त्री यादवले सचिव झालाई झापड हानेका हुन् ।

झापड खाएका सचिव झालाई प्रहरी निरीक्षक बडाबाबु झाले भ्यानमा राखेर लगेका छन् ।

तर, मन्त्री यादवले भने आफूले सचिव झालाई नकुटेको दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस