माघ २, काठमाडौं । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन्।
उनीहरुले नयाँ मार्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।
कानुन कार्यान्वयनको क्षेत्राधिकार, भौगोलिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत ध्यान दिएर मर्यादाक्रम सरकारले सिडिओ र स्थानीय तहका प्रतिनिधिलाई एउटै बास्केटमा राखेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।