डा केसीलाई नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको बताइएको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस