अब वैदेशिक रोजगारीमा गएका युवाको पनि सञ्चय कोष, यस्तो छ सरकारको योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ १६, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासिय नेपालीलाई लक्षित गरी आगामी साउनदेखि वैदेशिक रोजगार सञ्चय कोषको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षदेखि क्रमशः वैदेशिक रोजगारीमा गएका युवा र त्यसपछि गैरआवासिय नेपालीलाई समेत सञ्चय कोषको दायरामा ल्याउने गरी सरकारले योजना सार्वजनिक गरेको हो।

यो योजनामा सहभागी हुने वैदेशिक रोजगारीमा रहेका व्यक्तिले वार्षिक न्यूनतम २४ हजारदेखि अधिकतम ३ लाख रुपैयाँको सीमाभित्र रही आफ्नो वित्तिय क्षमताअनुसार रकम जम्मा गर्नुपर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव महेशप्रसाद दाहालको संयोजकत्वमा अर्थ र परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैँक, सामाजिक सुरक्षा कोषका प्रतिनिधि र स्वतन्त्र विज्ञ समूहको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै साउनदेखि कोष सञ्चालन गर्न सुझाब दिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सञ्चयकोषमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षीक रुपमा रकम जम्मा गर्न सक्ने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस