माघ १७,काठमाडौँ । चिकित्सा विधयेकको विरोधमा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले बोले लगतै सांसदहरु उठेका थिए ।
सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए ।
‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।
उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।