डा. केसीको १४ दिन लामो आमरण अनसन अन्त्य , ढुंगानाको हातबाट पिए जुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १८, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १८,काठमाडौँ । प्रा। डा। गोविन्द केसीले १४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस