उपकूलपति कार्यालय घेराउ गर्दै विद्यार्थी स‌ँगठनले भने: निर्वाचन कार्यतालिका सार्वजनिक नगरे कडा आन्दोलन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • ४९ पटक पढिएको
Post Thumbnail

फागुन ६ । स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै दुई विद्यार्थी संगठनले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन् । सोमबार अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका हुन् ।

विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा १ घण्टा घेराउ गरीएको अखिल नेता आरसी लामिछानेले जानकारी दिए ।

नेता लामिछानेका अनुसार, नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेपछि त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गरिएको हो । उनले भने, ‘विद्यार्थी संगठनले भोली (मंगलबार) देशभरका विद्यालयहरुमा दवाव सभा आयोजना गर्नेछाैँ ।’

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । तर कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छैन ।

नेता लामिछानेले तोकिएको समयभित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

यसैबिच साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सा‌ंसद रामकुमारी झाँक्रीले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न माग गरेकी छिन् । १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा अहिले जुनसुकै हालतमा पनि निर्वाचन गर्नुपर्नेमा उनले जोड दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस