माओवादी अध्यक्ष प्रचण्ड भन्छन्-‘सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेका छन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ९, शनिबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षडयन्त्र भईरहेको अध्यक्ष दाहालले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेपनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भईरहेको उल्लेख गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस