साउन ९, काठमाण्डौ । नेकपा एमाले निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए
युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ ।
मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने भएको छ ।