साउन १७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई अपराधीको संज्ञा दिए ।
उनले नेता नेपाललाई देशद्रोहीुको आरोप पनि लगाए । “बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक । अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने ।