प्रदेश १ मा बैठक स्थगित गर्न एमालेको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ७, आईतबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो ।

कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस