बागमती प्रदेश सभा बैठक सोमबार बस्दै, बिश्वासको मत पनि लिईने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १७, शनिबार (१ साल अघि)
  • ४९ पटक पढिएको
बागमती प्रदेश सभा बैठक सोमबार बस्दै, बिश्वासको मत पनि लिईने

चैत्र १७, मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताए । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका हुन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस