गण्डकी प्रदेश

मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १४, सोमबार (१ साल अघि)
  • ८८ पटक पढिएको
मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला

जेठ १४, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ । सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ । सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ । जवाफी बहस सकेपछि सर्वोच्चले आजै फैसला आउने बताइएको छ । मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

#गण्डकी प्रदेश

ताजा अपडेट

खोजी गर्नुहोस