जेठ १९,काठमाडौँ । संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेज प्रसाद खरालले जानकारी दिएका छन् ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।
अध्यक्ष लामाले आफु अध्यक्षमा सर्वसहमत चयन भए संगै आफ्ना कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।