गणतन्त्र दिवस

गणतन्त्र दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
  • ९१ पटक पढिएको
गणतन्त्र दिवस मनाइँदै

जेठ १५, काठमाडौँ । आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

वि।सं।२०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको थियो ।

जननिर्वाचित पहिलो संविधानसभाबाट वि।सं। २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको थियो ।

पहिलो संविधानसभाको २०६५ जेठ १५ गते बसेको बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गरिसकेको छ ।

#गणतन्त्र दिवस

ताजा अपडेट

खोजी गर्नुहोस