संसदीय छानबिन समिति

कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
  • १०० पटक पढिएको
कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

जेठ १५, काठमाडौँ । संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । आज बिहान कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेपछि सार्वजनिक भएको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो ।

# संसदीय छानबिन समिति

ताजा अपडेट

खोजी गर्नुहोस