बालकोट सचिवालयले भन्यो–’एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन’

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ १७, सोमबार (१० महिना अघि)
  • १०६ पटक पढिएको
बालकोट सचिवालयले भन्यो–’एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन’

असार १७,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको प्रस्ट पारेको छ । अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ’, बालकोटले भनेको छ, ‘तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ । –सचिवालय ।’

ताजा अपडेट

खोजी गर्नुहोस