नेपालको विकास प्रयासमा कोरियाले थप सघाउने सभामुख घिमिरेको विश्वास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • ६७ पटक पढिएको
नेपालको विकास प्रयासमा कोरियाले थप सघाउने सभामुख घिमिरेको विश्वास

असोज १७, काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र द्विपक्षीय सम्झौताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन् ।

नेपाल र गणतन्त्र कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘२०२४ कोरियाली सांस्कृतिक कार्यक्रम’मा उनले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान र सहकार्यमा आधारित सहयोगपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

कोरिया सरकारले नेपालाई विकास साझेदार मुलुकको प्राथमिक सूचीमा राखेर विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै सभामुख घिमिरेले नेपाली युवालाई रोजगारीका अवसर प्रदान गरेर कोरियाले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको समेत बताए ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस