शेयर बजारमा उछाल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ६, मंगलबार (९ घण्टा अघि)
  • ३५ पटक पढिएको
शेयर बजारमा उछाल

जेठ ६, काठमााडौं । लगातार घटिरहेको सेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज बजार ४९ अंकले बढेर नेप्से परिसूचक २६७७.४५ विन्दुमा उक्लेको छ ।

उच्च अकंले बढेको बजारमा कारोबार रकम भने घटेको छ । आज ३१० घितोपत्रका १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता ७३ हजार ५४ पटक किनबेच हुँदा कुल ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियो ।

आज नेप्सेका सबै उपसमूहका सूचक बढेको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढेको छ । बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढ्यो ।

आज पाँच कम्पनीको मूल्य झण्डै १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै मातृभूमि लघुवित्तको ७.८३, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८ तथा जोशी हाइड्रोपावरको ६.१४ प्रतिशत मूल्य बढ्यो ।

बढेको बजारमा आज विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.०९ प्रतिशत घट्यो । यस्तै सर्वाधिक कारोबारमा राधि विद्युत् रहेको छ । ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, सोल्टी होटल क्रमशः अगाडि छन् ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस