गण्डकी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (६ महिना अघि)
  • ९२ पटक पढिएको
गण्डकी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कार्तिक १, काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दशैँ वैशाख ४ र भानुजयन्ती असार २९ मासमेत बिदा दिएको थियो ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
यस्तै आज कर्णाली प्रदेशभर पनि सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा कोजाग्रत पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस