जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक १०, शनिबार (६ महिना अघि)
  • ८५ पटक पढिएको
जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित छौं : प्रधानमन्त्री ओली

कार्तिक १०,   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असरले सबै भन्दा बढी असर नेपाललाई असर गरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित हौं,’ उनले भने, ‘बिगार्ने हामी होइनौं ।’

जलवायु परिवर्तनका बारेमा नेपालले सशक्त आवाज उठाउनेमा लिड गरेको प्रधानमन्त्री ओलीले दाबी गरे। समुन्द्री सतह बढ्नु र हिमालहरु पग्लन थाल्नु अहिलेको ठूलो समस्या भएको उनको भनाइ छ । उनले भने, ‘यसको कारण कार्बन उत्सर्जन हो । यसलाई कमी गर्नुपर्छ । कार्बन उत्सर्जनमा हाम्रो भूमिका छैन । हाम्रो हिमाल जस्तो थियो त्यस्तो राख्नु पर्छ ।’ प्रधानमन्त्री  ओलीले जलवायुको मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।

नेपाल जलवायुमा सबैभन्दा बढी असर पर्ने, क्षति हुने भूगोल भएकोले पनि नेतृत्वदायी भूमिका खेलेको बताए। जलवायु बिगार्ने अरू देश र सजाय पाउने आफूहरू भएको उनले उल्लेख गरे । यो वर्षको कोप १९ सम्मेलनमा सरकार प्रभावकारी ढङ्गले प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस