नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पायो, पदाधिकारीमा को-को विजयी भए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १, सोमबार (४ महिना अघि)
  • ५० पटक पढिएको
नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पायो, पदाधिकारीमा को-को विजयी भए ?

पुस १,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् ।

महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिष्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन ।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिष्पर्धी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गर्नुभयो ।

महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिष्पर्धी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस