वैशाख २४, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्को छभने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३८४.६७ अमेरिकी डलर र चाँदी ३३.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।