शेयर बजारमा उछाल, कारोबार पनि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २४, बुधबार (१६ घण्टा अघि)
  • ७६ पटक पढिएको
शेयर बजारमा उछाल, कारोबार पनि बढ्यो

वैशाख २४, काठमाडौं । लगातार जसो घटेको शेयर बजारमा आज उछाल आएको छ । बुधबार शेयर बजार उच्च अकंले बढेको छ भने कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । यो २.३८ प्रतिशतको वृद्धि हो ।

आज ३ सय ८ धितोपत्रको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता इकाई ९९ हजार ३ सय ५ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ । बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५९, लगानी ०.८१, जीवन बिमा समूह २.४४, उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फण्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्स, बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोसहित धितोपत्रका लगानीकर्ता लाभान्बित भएका छन् । यी धितोपत्रका मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

बढेको बजारमा आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ । यस्तै लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै सबैभन्दा बढी कारोबारमा सानिमा माई हाइड्रो रहेको छ । सानिमा माईको ९ लाख ४५ हजार ९५४ कित्ता किनबेच हुँदा ५९ करोड २० लाख ९६ हजार ८२६ रुपैँयाको कारोबार भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस